एकतर्फी ढंगले सफल व्यवसायीलाई बदनाम गराउने कार्य भयो: बतास अर्गनाईजेशन

बतास अर्गनाईजेशनले आफूविरुद्ध पछिल्लाेसमय विभिन्न छापा तथा विद्युतीय सञ्चार माध्यम, अनलाइन र टेलिभिजनहरुमा प्रकाशन/प्रसारण भइरहेका समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अर्गनाईजेशनका कुनै पनि जिम्मेवार व्यक्तिहरुलाई आधिकारिक रुपमा सम्पर्क नगरी एकांगी, मनोगत, भ्रामक र कपोकल्पित समाचार सम्प्रेषण गरेको भन्दै आक्रोश पोखेको हो ।

अर्गनाईजेशनका अध्यक्ष आनन्दराज बतासले बुधबार बिहान एक लामाे विज्ञप्ति जारी गरी आफूमाथि एक सातादेखि शृंखलाबद्ध रूपमा आइरहेका समाचारलाई पहिलो दृष्टिमै प्रायोजित भनेका छन् । उनले आफ्ना सम्बन्धमा आएका ६ आरोपबारे विस्तृत रूपमा व्याख्या गर्दै सबै टेन्डर कानुनी रूपमा बलियो भएको दाबीसमेत गरेका छन् ।

तर, नेपालको दीर्घकालीन विकासमा महत्वपूर्ण योगदान पु-याउन सक्ने  पर्यटन क्षेत्रसँग सम्बन्धित व्यापार व्यवसाय सञ्चार माध्यमबाट एकतर्फी रुपमा भएको यस्ता आक्रमणबाट निरुत्साहित हुने अर्गनाईजेशनले चेतावनीसमेत दिएको छ ।

‘अहिले बतास अर्गनाईजेशनमाथि भइरहेको सुनियोजित आक्रमण एउटा कुनै अर्गनाईजेशन लक्षित परिघटना मात्रै होइन । नेपालमै बसेर नेपालको आर्थिक विकासमा योगदान दिन चाहने हरेक उद्योगी, व्यवसायी र व्यापारीहरुमाथी गरिएको सुनियोजित आक्रमणको प्रतिनिधि घटनाको रुपमा भविश्यले यसलाई स्मरण गर्ने नै छ । यस घटनाले नेपालका उद्योगी, व्यवसायी, व्यापारीहरु, नयाँ पुस्ता र विदेशमा बसेका नेपालीहरुलाई त्रसित, निरुत्साहित बनाएको छ ।’ अध्यक्ष बतासले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ, ‘सरल रुपमा हेर्दा बतास एक प्रतिनिधि पात्र भएको छ तर स्मरणीय रहोस् यस किसिमको संचार माध्यमहरुले एकतर्र्फीय रुपमा प्रवाग्रह रही एक सरल र सफल व्यावसायीलाई बदनाम गर्ने गराउने कार्यलाई सारा निजी क्षेत्रले सन्देह पूर्वक मूल्याड्ढन गरेको विषय निर्विवाद सत्य छ ।  नेपालको दीर्घकालीन विकासमा महत्वपूर्ण योगदान पु-याउन सक्ने सर्वाधिक क्षमतावान क्षेत्र (पर्यटन क्षेत्र) सँग सम्बन्धित व्यापार व्यवसायलाई निरुत्साहित गर्ने गरी भइरहेका यसप्रकारका आक्रमणहरु कुन स्तरको शक्तिकेन्द्रबाट भइरहेको छ भन्ने कुरा कुनै एक मन्त्रीको मौखिक आदेशमा कानुनसम्मत निर्माण गरिएका करोडौंका संरचनाहरु क्षणभरमा नै भत्काइएको घटनाले स्पष्ट पार्छ ।’

यस्तो छ विज्ञप्तिको पूर्णपाठ :

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार