तोलामा चार सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ । यस्तै तेजावी सुन तोलाको ९१ हजार ५०० रुपैयाँ पुगेको छ ।

त्यसैगरी चाँदीको मूल्य पनि आज प्रतितोला पाँच रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला एक हजार २३५ रुपैयाँ पुगेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार