क्युबेकमा खोप नलगाएकालाई स्वास्थ्य कर

क्यानडाको क्युबेक प्रान्तमा कोभिड १९ विरुद्ध खोप नलगाउने व्यक्तिलाई सरकारले स्वास्थ्यसम्बन्धी नयाँ कर लगाउने भएको छ  । कोभिडका कारण संक्रमितको संख्या बढेसँगै सो प्रान्तमा खोप नलगाउनेलाई स्वास्थ्य करको प्रावधान ल्याउन लागिएको हो ।

‘खोप लगाउन अस्वीकार गर्ने सम्पूर्ण वयस्कलाई कर लगाउने तयारी गरेका छौ । किनकी उनीहरु सम्पूर्ण क्युबेक प्रान्तका लागि बोझ हुन्,’ क्युबेक प्रान्तका प्रमुख फ्रान्कोइस लेगाल्टले भने ।

उनका अनुसार खोप नलगाउने १० प्रतिशत व्यक्तिका कारण त्यहाँका ९० प्रतिशत व्यक्तिको स्वास्थ्यमा असर गरेको छ । खोप नलगाएका वा लगाउन अटेरी गर्नेलाई कर लगाइने उनले बताए । खोपको पहुँच हुँदा हुँदै पनि कतिपय व्यक्तिले लगाउन अस्वीकार गर्दै आएका छन् ।

आईसीयूमा उपचारार्थ ५० प्रतिशत व्यक्तिमध्ये अधिकांश खोप नलगाएका भएको उनको भनाई छ । -एजेन्सी

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार