कस्ताे रहनेछ आजकाे माैसम ?

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। प्रदेश १ र प्रदेश २ लगायत पहाडी भू(भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ र बाँकी स्थानहरूमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो सुदूर पश्चिम प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश ,गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा  फाटफुट देखि हल्का वर्षाको सम्भावना साथै प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च  पहाडी  तथा  हिमाली  भू-भागका थोरै स्थानहरूमा  हल्का  हिमपातको  सम्भावना  रहेको  छ।

त्यस्तै, रातिमा पनि प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार