शिवम् सिमेन्टले गरिदियो ३ हजार ४५ निर्माणकर्मीको बीमा

शिवम् सिमेन्ट लिमिटेडले देशका विभिन्न ५२ स्थानमा रहेका ३ हजार ४५ निर्माणकर्मीसँग निर्माणसम्बन्धी प्राविधिक अन्तर्क्रिया गर्नुका साथै उनीहरुको ५ लाख रुपैयाँबराबरको जोखिम बीमासमेत गरिदिएको छ ।

ती कार्यक्रममा उपस्थित निर्माणकर्मीलाई दक्ष एवं अनुभवी प्राविधिकद्वारा सिमेन्टसम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीलाई दिनहुँ आइपर्ने निर्माणसम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारणसम्बन्धी विस्तृत जानकारी गराइएको थियो ।

सोही कार्यक्रममा भवन निर्माण सम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथसाथै हरेक सहभागी निर्माणकर्मीका लागि ५ लाख रुपैयाँबराबरको दुर्घटना बीमा गरी बीमा पोलिसी पनि हस्तान्तरण गरिएको थियो । यसका साथै उपस्थित ३ हजार ४५ निर्माणकर्मीलाई दैनिक कार्यमा आवश्यक पर्ने सामान, ब्याग, टिफिन बक्स आदि पनि प्रदान गरिएको थियो ।

शिवम् सिमेन्टले विभिन्न चरणमा आफ्नो बिक्री क्षेत्रअन्तर्गत संखुवासभा, सुनसरी, मोरङ, ओखलढुंगा सिराहा, सप्तरी, महोत्तरी, धनुषा, चितवन, मकवानपुर, वारा, पर्सा, रौतहट, गोरखा, तनहुँ, बागलुङ, बेनी, स्याङ्जा, धादिङ, नुवाकोट, काठमाण्डौ, ललितपुर, भक्तपुरलगायतका जिल्लाका विभिन्न ५२ स्थानमा उक्त निर्माण परामर्श कार्यक्रम सञ्चालन गरेको थियो ।

दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरु हरेक दिन जोखिमपूर्ण कार्यहरु गर्दै आइरहेका हुन्छन् । उक्त जोखिमलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरुका लागि निःशुल्क दुर्घटना बीमा योजना ल्याएको हो ।

शिवम् सिमेन्टले निरन्तर रुपमा बिक्रीपछिको निःशुल्क प्राविधिक सेवासमेत दिँदै आइरहेको छ । निःशुल्क दक्ष प्राविधिक सेवा लिनका लागि टोल फ्री.नं. १६६००१२३३२१ (एनटीसी) ९८०१५७५५७५ (एनसेल) मा सम्पर्क गर्न सकिनेछ ।

शिवम् सिमेन्टले आगामी दिनहरुमा समेत शिवम् सिमेन्टका बिक्रेताहरुसँगको समन्वयमा यस अन्तर्क्रिया तथा निःशुल्क बीमा कार्यक्रम निरन्तर सञ्चालन गर्ने कम्पनीले जनाएको छ ।

“भरोसा अटुट सम्बन्धको”, “गुणस्तरको पहिचान हो शिवम्”, “गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ” तथा “क्वालिटीको मामलामा नो कम्प्रोमाइज” जस्ता मूल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्रीपछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ । देशको विभिन्न ठूलठूला राष्ट्रिय गौरवका आयोजनाहरुमा आफ्नो महत्वपूर्ण भूमिका निभाउँदै आएको शिवम् सिमेन्टको उत्पादन गुणस्तरीय भएको प्रमाणित भई सिमेन्ट जगतमै पहिलोपटक एनएस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट सम्मानित भएको थियो ।

ओपीसी सिमेन्टमात्र उत्पादन गर्दै आएको शिवम् सिमेन्ट सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधि उक्त प्लान्टबाट आफ्नै चुनढुंगाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली ओपीसी सिमेन्ट बन्न सफल भएको हो ।

नेपाल गुणस्तर चिह्न ५७२, ४९ तथा आईएसआई, यूआरएस प्रमाणित आईएसओ सर्टिफिकेट प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिँदै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार