एमाले कास्की अध्यक्षमा पृथ्वीसुब्बा प्यानलका गुरुङ विजयी

नेकपा एमाले कास्की जिल्ला अध्यक्षमा मनबहादुर गुरुङ विजयी भएका छन् । कार्यवाहकसमेत रहेका उनले प्रतिस्पर्धी दामोदर बैरागीलाई चुनावी प्रक्रियामा हराउँदै निर्वाचित भएका हुन् ।

बुधबार बिहान सकिएको अन्तिम मत परिणामअनुसार गुरुङले ४५६ मत ल्याउँदा प्रत्यासी दामोदर बैरागीले ४०७ मत ल्याए ।

शुक्रबारदेखि सुरु भएको जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्न नसकेपछि चुनावी प्रक्रियामा गएको थियो । सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि एमाले कास्कीले पार्टी विधानविपरीत प्यानलै बनाएर चुनावी मैदानमा होमिएका थिए ।

कास्कीमा एमाले गण्डकीका नेताद्वय पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारी समूहले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवार खडा गरेका हुन् । विजयी गुरुङ पृथ्वीसुब्बा प्यानल र बैरागी खगराज प्यानलबाट उम्मेदवारी दिएका थिए ।

उपाध्यक्षमा प्रभा कोइरालालाई ८ मतान्तरले पराजित गरी तेजनारायण अधिकारी विजयी भएका छन् । अधिकारीले ४२१ मत पाए । सचिवमा वैनबहादुर अधिकारी ४७५ मतसहित विजयी भए । उपसचिवमा दर्शन लामा (५४०) र नवराज ओझा (४४३) मतसहित विजयी भए । उपसचिवका लागि चार जनाबीच प्रतिस्पर्धा थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार