मधेसी महिलाबाट सिंह पहिलो डिआइजी, गृहमन्त्रीलाई धन्यवाद ज्ञापन

गृहमन्त्री बालकृष्ण खाँणलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश यादव नेतृत्वमा सप्तरीबाट आएको प्रतिनिधिमण्डलले नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा पूजा सिंहको बढुवा गरेकामा धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिनिधिमण्डलले गृहमन्त्री खाँणलाई मन्त्रालयमा भेटेर मधेसका महिलाबाट पहिलोपटक डिआइजी पदोन्नती गरेकामा धन्यवाद दिएको हो । “मधेसी महिला सिंहलाई नायब महानिरीक्षकमा बढुवा गर्नुभएकोमा गृहमन्त्री र सरकारलाई धन्यवाद दिन हामी आएका हौँ”, कांग्रेस केन्द्रीय सदस्य यादवले भने, “अब हामीले प्रधानमन्त्रीलाई पनि भेटेर धन्यवाद ज्ञापन गर्छौं । सरकारले उदाहरणीय काम गरेको छ ।”

प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेकी सिंह प्रहरी सङ्गठनमा अब्बल कार्यसम्पादन गर्ने अधिकृतका रुपमा परिचय बनाएकी छन् ।

Loading...