मोहन वैद्य भन्छन्- अहिलेका राजनीतिक दलहरुबाट देशले निकास पाउँदैन

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ’किरण’ले अहिलेका राजनीतिक दलहरुबाट देशले निकास नपाउने बताएका छन् ।

क्रान्तिकारी पत्रकार महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वैद्यले बिभिन्न दलको महाधिवेशन हेर्दा विचार शुन्य देखिएको भन्दै राजनीतिक दलहरुबाट देशले निकास नपाउने बताएका हुन् । उनले जनवादी राज्यसत्ता स्थापना नभएसम्म जनताको समस्या समाधान नहुने तर्क गरे ।

वैद्यले अहिले क्रान्तिकारी भन्नेहरुको अवस्था पनि कमजोर भएको भन्दै नयाँ राज्यसत्ताका लागि नयाँ जनवादी क्रान्ति गर्दै वैज्ञानिक समाजवादमा जाने र क्रान्तिकारीलाई गोलबन्ध गर्दै रणनीति भएको जानकारी दिए । त्यस्तै उनले पार्टी एकता र ध्रुविकरणका लागि लामो समयदेखि पूर्व माओवादीसँग प्रयास भइरहेको भए पनि सिंगो पार्टीबीच पार्टी एकता सम्भव नदेखिएको स्पष्ट पारे । उनले एमसीसी खारेज हुनुपर्ने भन्दै त्यसका लागि एमसीसी विरोधी शक्तिसँग मिलेर अगाडि बढ्ने धारणा राखेका छन् ।

वैद्यले मुलुकमा संघीयता आएपनि जनताका समस्या उस्तै रहेको जिकिर गरे । गणतन्त्र हुँदै जनवादी गणतन्त्रमा जाने बाटोमा आफुहरु रहेको उनको भनाई छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार