एमाले स्याङ्जाको अध्यक्षमा सांसद मरासिनीलाई हराउँदै पूर्वमाओवादी गैरे निर्वाचित

नेकपा एमाले स्याङ्जा अध्यक्षमा सूर्यप्रसाद गैरे ‘पारस’ निर्वाचित भएका छन् । अर्का उम्मेदवार नारायण मरासिनीलाई १८३ मतले पछि पार्दै गैरे निर्वाचित भएका हुन् । उनी पूर्वमाओवादी हुन् । अध्यक्षमा पराजित मरासिनि स्याङ्जा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी सांसद हुन् ।

शुक्रबारदेखि सुरु भएको जिल्ला अधिवेशनमा गैरेले ४४० मत पाए भने उनका प्रतिस्पर्धी मरासीनीले २५७ मत पाएका थिए । अध्यक्षमा विजयी भएका नेता गैरेलाई नेकपा एमालेकी केन्द्रीय सचिव पद्यमा अर्यालको समर्थन रहेको थियो । त्यसैगरी पराजित भएका नेता मरासीनीलाई भने संगठन विभाग प्रमुख खगराज अधिकारीको समर्थन रहेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार