नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशक दाहालले दिए राजीनामा

नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन् ।

नारायणहिटी दरबारभित्रको क्याफ्टेरिया निर्माण प्रकरणमा छानबिन समितिले दोषी ठहर गरेपछि दाहालले मंगलबार पदबाट राजीनामा दिएका हुन् । उनी अघिल्लो ओली सरकारका पालामा नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।

संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेसँग सम्बन्ध बिग्रिएसँगै दाहाल विकास समितिबाट अलग भएका हुन् । मन्त्री आलेकै निर्देशनमा मन्त्रालयले तीन सदस्यीय छानबिन समिति बनाएर बतास ग्रुपले क्याफ्टेरिया निर्माणका लागि कसरी टेन्डर पार्यो भन्ने विषयमा छानबिन समिति बनेको थियो ।

उक्त समितिले सोमबार मात्र ठेक्का दिँदा नै मिलेमतो गरेर दिइएको र तत्काल निर्माण कार्य रोकी सम्बन्धित निकायबाट आवश्यक कारबाही गर्नुपर्ने पनि सुझाव दिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार