पूर्वराजा ज्ञानेन्द्रले गरे पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

पूर्वराजा ज्ञानेन्द्र शाहले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्‍यार्पण गरेका छन् ।

मंगलबार दिउँसो समर्थकहरुसहित सिंहदरबारको मूलगेट अगाडि पुगेका उनले पृथ्वीनारायणको सालिकमा माल्यार्पण गरेका हुन् ।

त्यस क्रममा राष्ट्रिय झण्डा र पृथ्वीनारायण शाहको तस्वीर बोकेका समर्थकहरूले गणतान्त्रिक व्यवस्थाविरोधी नारा लगाएका हुन् । उनीहरूले ‘हाम्रो राजा हाम्रो देश, चाहियो चाहियो राजा चाहियो, गणतन्त्र मुर्दावाद, यो व्यवस्था चाहिँदैन’ जस्ता नारा लगाएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार