एमालेको प्रदेश अधिवेशन सर्‍यो

कोरोना महामारीको तेस्रो लहर सुरु भएको भन्दै नेकपा एमालेले प्रदेश अधिवेशन सारेको छ ।

यसअघि माघ ८ मा तोकिएको अधिवेशन माघ २८ र २९ मा सारिएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । ‘कोभिडको तेस्रो लहर सुरु भएका कारण माघ ८ गते हुने भनिएको प्रदेश अधिवेशन माघ २८ र २९ का लागि सारिएको छ,’ अधिकारीले भने, ‘पार्टी केन्द्रले यस विषयमा निर्देशन जारी गरिसकेको छ ।’

अधिवेशन सार्नुको अर्को कारण कतिपय जिल्लामा अधिवेशन हुन नसकेको कारण समेत रहेको अधिकारीले बताए । त्यस्तै अधिवेशन हुन बाँकी जिल्ला अधिवेशनहरु माघ २२ गतेसम्म सम्पन्न गर्न निर्देशन समेत दिइको उनले बताए ।

मंसिरको अन्तिम साता भएको एमाले केन्द्रीय बैठकले माघ ८ गते एकैदिन प्रदेश अधिवेशन गर्ने निर्णय गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार