स्वागत र बिदाइमा नआउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुरोध

भिजिटर पास बन्द

कोरोना संक्रमण बढ्न थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले सर्वसाधारणलाई विमानस्थलमा स्वागत र बिदाइमा नआउन अनुरोध गरेको छ ।

यसअघि पनि कार्यालयले स्वागत र बिदाइमा विमानस्थलमा नआउन आह्वान गरिरहेको छ । तर, मानिसहरुको भिडभाड नघटेपछि कार्यालयले फेरि पनि यस्तो आह्वान गरेको हो ।

कार्यालयले हवाई यात्राका दौरान समेत आवशयक मापदण्ड पालना गर्न सरोकारवालालाई आग्रह गरेको छ । नेपाल र छिमेकी मुलुकमा समेत कोरोना फैलिएको भन्दै यसबाट बच्न मापदण्ड पालना गर्न भनिएको हो ।

साथै विमानस्थलले भिजिटर पास वितरण बन्द गरेको छ । अति नै जरुरी अवस्थामा बाहेक ‘भी पास’ उपलब्ध नहुने निर्णय भएको कार्यालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार