स्वयम्भूमा बसको ठक्करबाट एक महिलाको मृत्यु

काठमाडौं महानगरपालिका–१५  स्वयम्भूमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

सोमबार दिउँसो प्रदेश नम्बर १–०१–००१ ख ३७२३ नम्बरको बसको ठक्करबाट पहिचान नखुलेको करिब ६५ वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार