राष्ट्रपति भण्डारीले गरिन् पृथ्वीनारायणको शालिकमा माल्यार्पण

राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन् ।

आज ३००औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सिंहदरबार पश्चिम गेट अगाडि पुगेर राष्ट्रपति भण्डारीले पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेकी हुन् ।

यस्तै पर्यटनमन्त्री प्रेम आले र राप्रपाका पूर्वअध्यक्ष कमल थापा पनि माल्यार्पणका लागि सिंहदरबार पुगेका थिए । माल्यार्पण गर्न विभिन्न राजनीतिक दल, संघसंस्था र सर्वसाधारणहरु पनि त्यहाँ पुगेका छन् ।

केहीबेरमा पूर्वराजा ज्ञानेन्द्र शाह पनि माल्यार्पणका लागि सिंहदरबार जाँदै छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार