यी ३ प्रदेशमा वर्षाकाे सम्भावना, हिमपात पनि हुने

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । बिहान प्रदेश १ र २ लगायत क्षेत्रमा बदली छ ।

दिउँसो देशभर आंशिक बदली रहने माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । सुदूरपश्चिम, कर्णाली  तथा प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको पनि आँकलन गरिएकाे छ ।

राति प्रदेश १, बाग्मती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ ।

बुधबार प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार