काठमाडौंका सिडिओलाई कोरोना संक्रमण

काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोविन्द रिजाललाई कोरोना संक्रमण भएको छ ।

सोमबार पिसिआर परीक्षण गर्दा कोरोना देखिएको रिजालले जानकारी दिए । स्वास्थ्य अवस्था सामान्य रहे पनि कन्ट्याक्ट ट्रेसिङमा परेपछि परीक्षण गर्दा पोजेटिभ भएको उनकाे भनाई छ । कोरोना संक्रमणपछि उनी होम आइसोलेसनमा रहेका छन् ।

काठमाडौं उपत्यकासहित देशभर पछिल्लो केहीदिन यता कोरोना संक्रमणको दर क्रमिक रुपमा बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा मात्र नेपालमा थप १ हजार ४४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार