पछिल्लो २४ घण्टामा १ हजार ४४६ जनामा कोरोना पुष्टि, दुईको मृत्यु

पछिल्लो २४ घण्टामा १ हजार ४ सय ४६ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ४२९ जनामा गरिएको परीक्षणमा उक्त संक्रमण देखिएको हो ।

नेपालमा पछिल्लो केहीदिन यता कोरोना संक्रमणको दर क्रमिक रुपमा बढ्दै गएको छ ।

यस्तै, आज थप २५५ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख १४ हजार ४८५ जना पुगेको छ ।

सोमबार कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६०६ छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ८५५ रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार