नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका भूभाबाट आफ्ना सैनिक फिर्ता लैजानुको सट्टा चीनको मानसरोवर जोड्न बलजफ्ती बनाइएको बाटो चाैँडा र विस्तार गर्ने गरेको घोषणाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
नेकपाको अन्तर्राष्ट्रिय विभागले सोमबार विज्ञप्ति निकालेर भारतीय प्रधानमन्त्री मोदीले नेपाली भूभागबाट चीनको मानसरोवर जोड्ने बनाइएको बाटो चौँडा र विस्तार गर्ने घोषणाप्रति मौन बस्ने नेपाल सरकारको रवैया देश र जनताका लागि शर्मनाक विषय भएको बताएको हो ।
विभागका इन्चार्ज कञ्चनले सोमबार जारी गरेको विज्ञप्ति :
इन्चार्ज
मिति : २६ पुस, २०७८ (१० जनवरी, २०२२)