सुचीलाई थप चार वर्ष जेल

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुचीलाई थप ४ वर्ष जेलसजाय सुनाइएको छ । यसअघि उनीमाथि लगाइएको चारवटा आरोपमा दोषी ठहर गर्दै त्यहाँको सैनिक अदालतले उनलाई थप चार वर्ष जेलसजाय सुनाएको हो ।

उनलाई बिनालाइनसेन्सको ‘वाकी टकी’ राखेको आरोपमा दुई वर्ष र कोरोना भाइरसका कारण लगाइएको प्रतिबन्ध उल्लंघन गरेको आरोपमा दुई वर्ष गरी चार वर्ष जेलसजाय सुनाइएको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजीराले जनाएको छ ।

उनीमाथि लगाइएका दर्जनौं आरोपहरुमध्ये यी दुई आरोप हुन् । सबै आरोपमा उनी दोषी पाइए नेतृ सूची सयवर्ष जेल बस्नुपर्ने हुन्छ ।

७६ वर्षिया नेतृ सूची नेतृत्वको जननिर्वाचित सरकारलाई सेनाले गतवर्षको फेब्रुअरीमा सत्ताच्युत गर्दै हिरासतमा राखेको थियो । तर, सरकारका आलोचकले सूचीविरुद्धका सबै आरोपहरु राजनीतिकरुपले प्रेरित रहेको बताएका छन् ।

आफूमाथिका आरोपहरुको सूचीले अस्वीकार पनि गरेकी छिन् ।

गतमहिना कोभिड प्रोटोकल उल्लंघनको आरोपमा उनीविरुद्ध चारवर्षको सजाय सुनाइएको थियो । तर, सेना प्रमुखले माफी दिँदै उनको सजायलाई आधा कटौती गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार