गरिबी अन्त्य भए मात्र देशको अर्थतन्त्र बलियो हुन्छ -बाबुराम भट्टराई

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले गरिबी अन्त्य भए मात्र देशको अर्थतन्त्र बलियो हुने बताएका छन् ।

काठमाडौंमा आइतबार राष्ट्रिय व्यापार संघको १७ औं वार्षिक साधारण सभा तथा नवौं महाधिवेशनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका डा भट्टराईले आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा चेतनामा परिवर्तनसँगै गरिबी अन्त्य नभएसम्म देशको अर्थतन्त्र बलियो हुन नसक्ने बताए ।

सबै पक्ष एकजुट भएर गरिबी अन्त्य गरेर देशको अर्थतन्त्र बलियो बनाउनुपर्नेमा उनको जोड छ । राजनीति व्यवस्था परिवर्तन भए पनि अर्थतन्त्र सुधार्न नसकेको बताएका डा. भट्टराईले दैनिक जीवनयापनका लागि युवा विदेश पहलायन हुने अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।

राजनीतिक नेतृत्वको अदूरदर्शीका कारण देशको विकास र समृद्धि हुन नसकेको बताउँदै उनले देशको समृद्धिका लागि राजनीतिक नेतृत्वले विज्ञहरुको ज्ञान, सीप र अनुभवको सदूपयोग गर्न सक्नुपर्नेमा जोड दिए ।

कर्मचारी संयन्त्रमा देशलाई समृद्ध बनाउन जनशक्ति भए पनि त्यसलाई परिचालन गर्न राजनीतिक नेतृत्वले ध्यान दिन नसकेको डा. भट्टराईको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार