नेपाल प्रहरीका ३४ एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक (एसपी)को सरूवा भएको छ ।

प्रहरी महानिरीक्षकले गरेको निर्णय अनुसार पुस महिनादेखिको तलब, भत्ता सरूवा भएको दरबन्दीबाट खान पाउने गरी ३४ एसपीको सरूवा भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापामा विश्वमणि पोखरेललाई पठाइएको छ । झापामा कार्यरत सानुराम भट्टराईको काठमाडौं उपत्यका विशेष सुरक्षा गण त्रिपुरेश्वरमा सरुवा भएको छ । भट्टराई इन्चार्जबाट इन्चार्जमा सरुवा भएका हुन् ।

अर्जुन प्रसाद तिमिल्सीनाको काठमाडौं उपत्यका प्रहरी शिक्षालयबाट जिल्ला प्रहरी कार्यालय सिरहामा सरूवा भएको हो । सिरहामा रहेका हिराबहादुर पाण्डे विवादमा तानिएपछि उनको सरूवा गरिएको थियो । पछि उनलाई निलम्बन गरिएको छ ।

उनलाई कर्णाली प्रदेश प्रहरी कार्यालय विरेन्द्रनगर सुर्खेत आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखामा सरूवा गरिएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार