पाकिस्तानमा भारी वर्षा र हिमपातमा परी ४१ जनाको मृत्यु, सयौँ विस्थापित

पाकिस्तानमा पछिल्ला केही दिनमा भएको भारी वर्षा र हिमपातका कारण ४१ जनाको ज्यान गएको बताइएको छ । शनिबारसम्म त्यहाँ ४१ जनाको भारी वर्षा र हिमपातमा परेर मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

त्यसैगरी त्यहाँका सयौँ व्यक्ति विस्थापित भएका पनि सो समाचारमा जनाइएको छ । पाकिस्तानका अधिकारीहरुले त्यहाँका ठूलो संख्याका भौतिक संरचनामा पनि क्षति पुगेको बताएका छन् । प्राकृतिक प्रकोप व्यवस्थापन विभागले शनिबार रातिसम्म अविरल रुपमा पानी परिरहेको बताएको छ । देशको उत्तरी क्षेत्र मुरीमा एक सवारी साधन नै हिउँमा फसेको र त्यसमा परेर २२ जनाको ज्यान गएको थियो ।

सवारी साधन हिउँमा फसेपछि निस्किन नसकेको प्रहरीले जनाएको छ । त्यस दुर्घटनामा परेर अरु कैयौँ व्यक्ति घाइते पनि भएका बताइएको छ । मुरीमा भारी मात्रामा हिमपात भएको छ । त्यसमा परेर विदेशी र स्वदेशी पर्यटकका गरी सयौँ सवारी साधन फसेका छन् । ती सवारी साधनको उद्धारका लागि पाकिस्तानको सरकारले ठूलो संख्यामा प्रहरी र उद्धारकर्मी परिचालन गरेको बताएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार