आयुषले छाडे सलमानको फिल्म

बलिउडमा केही समयअघि मात्र अभिनेता आयुष शर्माले सलमान खानको फिल्म ‘कभी इद कभी दिवाली’मा अभिनय गर्ने चर्चा चलेको थियो । फिल्ममा उनले सलमानको कान्छो भाइको भूमिका निर्वाह गर्ने खबर बाहिर आएको थियो ।

तर पछिल्लो घटनाक्रमअनुसार आयुष यो फिल्ममा रहने छैनन् । उनले फिल्ममा अभिनयबाट हात झिकेका छन् । आयुषले करियरको यो मोडमा आफू प्रमुख भूमिकामा मात्र अभिनय गर्न चाहेकाले सलमानको ठूलो बजेटको फिल्मबाट आफूले हात झिकेको बताएका छन् । शर्मा सलमानका ज्वाइँ हुन् ।

‘आयुष शर्मा फिल्म ‘अन्तिम–द फाइनल ट्रुथ’को सफलताका कारण खुसी छन् । यो फिल्मले उनलाई आफ्नै बलमा फिल्म चल्न सक्छ भन्ने हिम्मत बढाएको छ । दर्शकले पनि उनको अभिनयलाई निकै मनपराएका छन् । जसकारण उनले ठूलो फिल्ममा सहायक चरित्रमा अभिनय गर्ने निर्णय लिएका छन् । किनकि उनी फिल्ममा हिरो बन्न चाहन्छन्’, आयुष निकट स्रोतले भनेको छ ।

फिल्ममा बेंकटेश र पूजा हेगडेको पनि अभिनय रहनेछन् । फिल्ममा पूजा सलमानको प्रेमिकाका रूपमा देखिनेछिन् भने शेंकटेश सलमानकै जस्तो चरित्रमा प्रस्तुत हुँदैछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार