लघुवित्तले पनि दिन सकेनन् कर्जा

तरलता दबाबले वाणिज्य बैंकबाट सापटी लिएर ग्राहक सदस्यलाई कर्जा दिँदै आएका लघुवित्तको व्यवसायमै आँच आएको छ । तरलतामा दबाब देखिएपछि लघुवित्तको कर्जा प्रवाह नै ठप्प हुन थालेको गुनासो छ ।

नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्मा यतिबेला तरलता अभावको बढी मार लघुवित्तलाई परेको बताउँछन् । उनकाअनुसार लघुवित्तको कामको प्रकृत्ति नै बैंकबाट सापटी लिएर कर्जा दिने गरिन्छ। ‘यसो हुँदा धेरै कम्पनीले बैंकलाई किस्ता पनि तिर्नुपर्छ । अब सरकारलाई त्रैमासिक कर तिर्नुपर्ने बेला आएको छ ।

बैंंकहरूले पनि कर्जा दिँदैनन् । दिइहाले भने चर्को ब्याज अर्थात १३ प्रतिशत हाराहारीको भार पर्छ,’ लक्ष्मी लघुवित्तका सीईओसमेत रहेका शर्माले भने, ‘लघुवित्तलाई केन्द्रीय बैंकले १५ प्रतिशतभन्दा बढी ग्राहकबाट नलिन भनेको छ। लागत र प्रशासनिक खर्च बढी लाग्ने भएकाले कर्जा पाए पन ग्राहलाई दिन सक्ने अवस्थामा छैनौं ।’

लघुवित्तले नयाँ कर्जा दिन बन्द गरेको उनले जानकारी दिए । यद्यपि केहीले मात्रै व्यवस्थापन गर्न सकेको छन् । यस्तो अवस्था लामो समय रहिरहे आर्थिक क्रियाकलापमा मन्दी आउने उनको टिप्पणी छ । ग्रामीण भेगका आम किसानी तथा व्यवसाय विस्तारमा लघुवित्तले कर्जा दिन नसक्दा खुम्चिन जाने उनले चिन्ता व्यक्त गरे । यो अवस्था असारसम्म जान सक्ने सुनिएकाले ससंकित भएको बताउँदै शर्माले यसले विशेष लघुवित्त जस्ता साना संस्थाहरू मर्कामा परेको गुनासो गरे । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार