एमाले झापा अध्यक्षमा कार्की सर्वसम्मत चयन

नेकपा एमाले झापाको अध्यक्षमा दीपक कार्की सर्वसम्मत चयन भएका छन् । पार्टीको आज भएको १०औँ अधिवेशनबाट उनलाई सर्वसम्मत चयन गरिएको हो । पार्टीको जिल्ला उपाध्यक्षमा प्रेम गिरी, सचिवमा शिव ढुङ्गेल, उपसचिवमा चन्द्रा श्रेष्ठ र असारु राजवंशीलाई चयन गरिएको पार्टीका जिल्ला इन्चार्ज अग्नि खरेलले बताएका छन् ।

त्यसैगरी पाँचवटै निर्वाचन क्षेत्रबाट पाँच सदस्य चयन गरिएको छ । जसमा निर्वाचन क्षेत्र नं १ बाट डिल्ली घिमिरे, २ बाट बद्री भट्टराई, ३ बाट लक्ष्मण पाठक, ४ बाट खेम मिश्र र ५ बाट तुलसी कार्की चयन भएका छन् ।

सञ्चारकर्मीबाट मोहन काजी, व्यवसायीको तर्फबाट भरत चम्लागाईँ, प्रल्हादमणि ओली, मधेशी कोटाबाट डम्बर यादव, मीना साह, भूमिहीन सुकुम्वासीबाट टीकाराम मङ्ग्रान्ती निर्विरोध चयन हुनुभएको छ । जिल्लामा १५० जनाको समिति रहनेछ । त्यसैगरी भूगोलबाट उम्मेदवारी दर्ता गराउने उम्मेदवारको त्यही टुङ्गो लगाउने गरी समिति निर्माण गरी अधिवेशन स्थगन गरिएको उनले जानकारी दिए ।

Loading...