निर्मला हत्या प्रकरण : पक्राउ परेका भारतीय नागरिक धरौटीमा छुुटे

निर्मला पन्त हत्या प्रकरणमा पक्राउ परेका भारतीय नागरिक धरौटीमा छुटेका छन् । स्रोतका अनुसार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शुक्रबार अभद्र व्यवहार मुद्दा चलाइएका भारतीय नागरिक अली हुसेनलाई एक हजार रुपैयाँ धरौटीमा रिहा गरेको हो ।

यद्यपि कञ्चनपुर प्रहरीले भने उनलाई निर्मला हत्या प्रकरणको अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिएको थियो ।

उनको डीएनएसमेत परीक्षणका लागि पठाइएको थियो, तर प्रहरीले भने यस विषयमा बोलेको छैन । निर्मलाको साढे तीन बर्षअघि बलात्कारपछि हत्या भएको थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार