अन्तरिक्षबाट फर्किएका मइजवा भन्छन्- बुलेट रेलमा चढेजस्तै लाग्याे

टोकियो । अन्तरिक्षमा १२ दिन बिताएर गत महिना पृथ्वीमा फर्किएका जापानका अर्बपति युसाकु मइजवाले रोलकोस्टर चढेर पृथ्वीमा पागल हुनुभन्दा अन्तरिक्षमा रहनु आनन्दमय भएकाे बताएका छन् ।

४६ वर्षीय मइजवा यही डिसेम्बरमा अन्तरिक्षमा पुगेका थिए । उनी पछिल्लो एक दशकभित्र अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो अन्तरिक्ष पर्यटक हुन् । ‘जब तपाई अन्तरिक्षमा जानुहुन्छ, तपाईलाई पृथ्वीमा दिक्क लाग्छ,’ उनले भने, ‘तपाई आभारी हुनुपर्छ कि अन्तरिक्षमा पनि हावा, गन्ध र मौसम हुन्छन् ।’

उनले अन्तरिक्षमा शून्य गुरुत्वाकर्षणमा चिया बनाउनेदेखि भित्री वस्त्रको अभावजस्ता विषयमा सामाजिक सञ्जालमा आफ्ना फलोअर्स अनुभव साटेका थिए । आफूलाई अन्तरिक्षमा कहिल्यै त्रास अनुभूति नगरेको उनले बताएका छन् ।

पृथ्वीबाट अन्तरिक्षमा जाने क्रममा आफूले निकै आनन्द महशुस गरेको उनले बताए । ‘बुलेट रेलमा यात्रा गरेजस्तै अनुभव भयो । झ्याबाट बाहिर हेरेपछि मात्र अन्तरिक्षतर्फ लागेको अनुभूति भयो ।’ -एजेन्सी

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार