ललितपुरको कोञ्ज्योसोम-३ शंखु छापकमा करेन्ट लागेर बस चालकको मृत्यु भएको छ । प्रहरी कार्यालय गोटीखेलका प्रहरी हलल्दार प्रकाश श्रेष्ठका अनुसार गोटिखेलबाट चापागाँउतर्फ जाँदै गरेकाे बा ३ ख ४१०८ नम्बरको बसको टायर पञ्चर भई रोकीराखेको अवस्थामा पिसाब फेर्ने क्रममा करेन्ट लागेर बस चालक कोञ्ज्योसोम दलचोकी बस्ने cभएको हो ।
हवल्दार श्रेष्ठका अनुसार करेन्ट लागेर घाइते भएका घिमिरेलाई उपचारका लागि कीर्तिपुर अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
बिहीबार साँझ ५ बजेर २५ मिनेटको समयमा घिमिरे ढलेपछि उठाउन जाँदा करेन्ट लागेकाे थाहा भएकाे थियाे ।