नेपाल प्रहरीका २६ एसएसपीको सरुवा, को कहाँ पुगे ?

सरकारले नेपाल प्रहरीका २६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ । बिहीबार गृहमन्त्री बालकृष्ण खाणले २६ जना एसएसपीको सरुवा गरेका हुन् ।

उमेशराज जोशीलाई अपराध अनुसन्धान विभागबाट उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सुरुवा गरिएको छ भने चक्रबहादुर विष्टलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीको मानवस्रोत व्यवस्थापन महाशाखाबाट कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत पठाइएको छ ।

यस्तै श्यामलाल ज्ञवालीलाई विपद व्यवस्थापन कार्यालय सामाखुसीमा, बसन्त बहादुर कुँवरलाई अपराध अनुसन्धान कार्यालयमा, चन्द्र कुवेर खापुङलाई अपराध अनुसन्धान विभागमा, नल प्रसाद उपाध्यायलाई केन्द्रीय अनुसन्धान व्यूरो उपप्रमुख नक्सालमा, भिमप्रसाद ढकाललाई अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा र पुजा सिंहलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा सरुवा गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार