केपी ओलीलाई भेट्न बालकोट पुगे रामचन्द्र पौडेल

सत्तारुढ दल नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलका लागि बालकोट पुगेका छन् ।

उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक समेत रहेका पौडेल प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष ओलीसँगको भेटवार्ताका लागि बुधबार साँझ बालकोट पुगेका हुन् । पौडेल साँझ ६ बजे बालकोट पुगेको र करिब १ घण्टा छलफल भएको उनको सचिवालयले जनाएको छ ।

पौडेलले प्रतिनिधि सभा र न्यायालयमा देखिएको समस्याका विषयमा छलफल गरेका जनाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार