सिके राउतका कार्यकर्ताद्वारा काठमाडौंमा पनि प्रदर्शन

प्रदेश -२ मा पछिल्ला केही दिनयता किसानका माग राखेर प्रदर्शन गर्दै आएको सिके राउत नेतृत्वको जनमत पार्टीले बुधबार काठमाडौंमा प्रदर्शन गरेको छ ।

जनमत पार्टी उपत्यका समन्वय समितिले किसानहरूको माग सम्बोधन गर्न माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले ‘किसानको माग पूरा गर, समयमा मल सिँचाइको व्यवस्था गर’जस्ता नाराहरु लगाएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार