देउवाले एकलौटी केन्द्रीय सदस्य मनोनीत गरेपछि कोइराला पक्ष असन्तुष्ट

शेखरको प्रश्न : केन्द्रीय सदस्य मनोनयनको मापदण्ड के हो ?

कांग्रेस सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले केन्द्रीय सदस्यहरु मनोनीत गरेपछि शेखर कोइराला पक्षले असन्तुष्टि व्यक्त गरेको छ ।

आफू निकटका नेताहरुको भेलामा नेता कोइरालाले लिखित मन्तव्य वाचन गर्दै सभापति देउवाले कुन मापदण्ड अपनाएर सदस्यहरू नियुक्त गरेको भन्दै प्रश्‍न गरेका छन् । उनले पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी रहेको बताए ।

नेता कोइरालाले सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुन सक्ने बताउँदै सेचत हुन आग्रह गरे । उनले भने, ‘सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुन सक्छ । विधि र विधानबाहिर गएर गरिने सबै कामहरू बन्द गर्न हामी एकढिक्का भएर प्रयत्न गर्ने कि नगर्ने ?’

भेलामा नेता कोइरालाले विधि र विधान बाहिर गएर गरिने सबै कामहरु बन्द गर्न सबै एकढिक्का भएर प्रयत्न गर्नुपर्नेमा जोड दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार