कांग्रेस नेतालाई धम्काएको आरोप लागेका एसपी पाण्डे निलम्बित

प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेलाई तीन महिनाका लागि निलम्बन गरेको छ । कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवलाई धम्काएको आरोप लागेका पाण्डेलाई प्रहरी प्रधान कार्यालयले मंगलबार साँझ निलम्बन गरेको हो ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त बहादुर कुँवरका अनुसार व्यावसायिक आचरणविपरीत गतिविधि गरेको आरोपमा अनुसन्धानका लागि पाण्डेलाई तीन महिना निलम्बन गरिएको हो ।

कांग्रेस सिरहाका जिल्ला सभापति रामचन्द्र यादवले सरुवाको विषयलाई लिएर एसपी पाण्डेले आफूलाई गोली हान्ने धम्की दिएको दाबी गरेका थिए । सो विषयमा अहिले २ नं। प्रदेश प्रहरी कार्यालयले छानविन गर्दै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार