प्रभु ग्रुपका अध्यक्ष देविप्रकाश भट्टचन काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित

व्यवसायी तथा प्रभु ग्रुपका अध्यक्ष देविप्रकाश भट्टचन नेपाली काँग्रेसको १४ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

सोमबार भएको निर्वाचनमा बागलुङ क्षेत्र नम्बर २ बाट उनी महाधिवेशनका लागि निर्विरोध निर्वाचित भएका हुन् । अल्पसंख्यक कोटामा महाधिवेशन प्रतिनिधिमा चयन भएको नेपाली काँग्रेस बागलुङको निर्वाचन समितिले जानकारी दिएको छ ।

भट्टचनलाई नेपाली काँग्रेसले २०७४ को प्रतिनिधसभाका लागि समानुपातिक सूचीमा समेत राखेको थियो ।

पार्टी राजनीतिमा सक्रिय हुन लागेका भट्टचन व्यावसायिकसहित राजनीतिक जीवनलाई पनि सँगसँगै लैजाने योजना बनाएका छन् ।

नेपाली काँग्रेसमै रहेका भट्टचन २०४८ सालमा आम निर्वाचनमा बागलुङ बाट स्वतन्त्र उम्मेदवार थिए । भने, २०४९ साल जिल्ला विकास समिति बागलुङको सदस्यमा निर्वाचित भएका थिए । भट्टचन बागलुङको पुराना काँग्रेसीमा पर्छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार