मंसिर १७ देखि स्थानीय तहको केन्द्रमा पनि मतदाता नामावली संकलन

जुनसुकै स्थानबाट फोटो खिचेर नाम समावेश गर्न सकिने

निर्वाचन आयोगले मंसिर १७ गतेदेखि स्थानीय तहको केन्द्रबाट पनि मतदाता नामावली सङ्कलन सुरु गर्ने भएको छ ।

हाल ७७ जिल्ला प्रशासन कार्यालय र ४० इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन भइरहेकामा अब स्थानीय तहको केन्द्रबाट पनि मतदाता नामावली संकलन गरिने प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

उनका अनुसार इलाका प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालय रहेका भन्दा बाहेकका ६३७ स्थानीय तहको केन्द्रमा मतदाता नामावली सङ्कलन हुनेछ ।

पौडेलका अनुसार अब जुनसुकै स्थानमा बसेकाले पनि नामावलीमा आफ्नो नाम समावेश गर्न सक्ने छन् । अब आफ्नो स्थायी जिल्लाबाहिर रहेकाले पनि आफू रहेकै स्थानबाट नाम दर्ता गर्न पाउने भएका छन् । ‘

हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनसम्म र तराई, भित्री मधेश तथा काठमाडौं उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म मतदाता नामावली संकलन गरिने आयोगले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार