प्रकाशमानकी पत्नी सिर्जना र छोरा प्रभासमान महाधिवेशन प्रतिनिधि चयन

नेपाली कांग्रेसका सभापतिका प्रत्यासी नेता प्रकाशमान सिंहकी श्रीमती र छोरा पार्टीको १४ औं महाविधेशनका प्रतिनिधि चयन भएका छन् ।

१४ औं महाधिवेशन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ७ बाट सिंह पत्नी सिर्जना र छोरा प्रभासमान निर्विरोध महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । ३२ वर्षका प्रभासमान यसअघि कांग्रेसको भातृ संस्था नेपाल तरूण दलमा सक्रिय थिए । उनी तरूण दलको केन्द्रीय पार्षद थिए ।

प्रकाशमानका दुई छोरामध्ये कान्छो भाष्करमान भने राजनीतिमा सक्रिय छैनन् ।

छोरा र श्रीमती सिर्जना महाधिवेशन प्रतिनिधि बनेसँगै प्रकाशमानकै घरमा ३ जना महाधिवेशन प्रतिनिधि हुने भएका छन् ।

काठमाडौं ७ बाट समावेसीतर्फ आमा छोरासहित ६ जना निर्विरोध महाधिवेशन प्रतिनिधि चुनिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार