संवैधानिक दायरा, सीमा र दायित्वअनुसार अघि बढ्छु : अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले बारको अन्दोलनप्रति ध्यानाकर्षण भएको बताएका छन् । नेपाल बार एसोसिएसनले बुझाएको ज्ञापनपत्र लिने क्रममा सोमबार उनले यस्तो बताएका हुन् ।

सो अवसरका उनले संवैधानिक दायरा, सीमा र दायित्वअनुसार अघि बढ्ने प्रतिबद्धता पनि जनाएका छन् । उनले भने, ‘बाँकी त माननीयज्यूहरूले गर्नु हुन्छ । संवैधानिक सीमाअनुसार म पनि पहल गर्छु ।’

ज्ञापनपत्रमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि १७ अभियोग लगाइएको छ। प्रधानन्यायाधीशको राजीनामा माग्दैै तीन साताभन्दा बढी समयदेखि बार आन्दोलनरत छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार