नेकपा एमालेकाे स्थायी कमिटी बैठक सर्‍याे, भोलि ११ बजे बस्ने

नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ । सोमबार दिउँसो तीन बजेका लागि बोलाइएको बैठक भोलि बस्ने गरी स्थगित भएको हो ।

एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठक मंगलबार बिहान ११ बजे बस्नेछ ।

बैठकमा महाधिवेशन तयारीका विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनित गर्ने विषय पनि बैठकको एजेण्डा रहेको उनले जानकारी दिए ।

निर्वाचित भएर आएकाबाहेक पाँच प्रतिशत प्रतिनिधि मनोनित गर्ने स्थायी कमिटीको प्रस्तावलाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने छ ।

यसअघि सोमबार दिउँसो ३ बजे च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार