बारले बुधबार देशभरका उच्च अदालतमा प्रदर्शन गर्ने

नेपाल बार एसोसिएसनले ८ मंसिर बुधबार देशभरका उच्च अदालतमा प्रदर्शन गर्ने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै बार तीन साताभन्दा बढी समयदेखि निरन्तर आन्दोलनमा छ ।

कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेको आरोप लगाउँदै बारले जबराको राजीनामा मागेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार