सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज सुनको मूल्य तोलामा दुई सय रुपेयाँले बढेको छ ।

आइतबार प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला दुई सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रुपैयाँ कायम भएको छ । त्यसैगरी, तेजावी सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतितोलामा १० रुपैयाँले बढेर एक हजार २७० रुपैयाँ कायम भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार