महाधिवेशन प्रतिनिधि मनोनयनको टुंगो लगाउन एमाले स्थायी कमिटी बैठक बस्दै

दसौँ महाधिवेशनमा प्रतिनिधि मनोनयनबारे छलफल गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक बोलाइएको छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार सोमबार दिउँसो ३ बजे ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा स्थायी कमिटी बैठक बस्दैछ ।

आजको बैठकमा महाधिवेशनका लागि केन्द्रीय कमिटीले छनोट गर्ने ५ प्रतिशत महाधिवेशनका बारेमा छलफल हुनेछ । एमालेको विधानअनुसार केन्द्रीय कमिटीले ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयन गर्नेछ । आजको बैठकमा मनोनित गर्ने प्रतिनिधिहरुको नाम पेश हुनेछ । त्यसमाथि छलफल गरेर बैठकले अनुमोदन गर्नेछ ।

एमालेको १० औं राष्ट्रिय महाधिवेशन चितवनमा मंसिर १० देखि १२ गतेसम्म हुँदैछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार