बैतडी दुर्घटना अपडेट : ६ जनाको मृत्यु

बैतडीमा जन्ती बोकेको जीप गएराती दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका– २ देहिमाडौंबाट जन्ती लिएर सोही नगरपालिकाको वडा नम्बर ६ सिमायलतर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जीप दशरथचन्द राजमार्गको कलुवाड मोडमा दुर्घटना भएको हो ।

जीपमा सवार सात जनामध्ये ५ जनाको घटनास्थलमै तथा अर्का एक जनाको उपचारको क्रममा मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता दर्शन खड्काले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका अर्का एक जनाको उपचार भईरहेको छ ।

मृत्यु हुनेहरुमा ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्की रहेका छन् । उनीहरु सवै स्थानीय हुन । जीप चालक डडेल्धुराका ४० वर्षीय दीपक मालीको पनि उपचारको क्रममा मृत्यु भएको छ । अर्को घाइते ४८ वर्षीय हर्कबहादुर चन्दको उपचार भईरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार