कांग्रेसकाे आज ६० जिल्लाका प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज प्रतिनिधिसभा निर्वाचन क्षेत्र स्तरीय अधिवेशन हुदैछ । वडा, पालिका र प्रदेश सभा क्षेत्रीय अधिवेशन सम्पन्न भएका ६० जिल्लाका १४८ निर्वाचन क्षेत्रमा आज क्षेत्रीय अधिवेशन हुन लागेको हो ।

एकल निर्वाचन क्षेत्र रहेका जिल्लाहरुमा भने जिल्ला अधिवेशन नै हुने छ । यस अधिवेशनबाट क्षेत्रीय नेतृत्व चयन हुने छ भने केन्द्रीय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि पनि चयन हुने छन् ।

एक प्रतिनिधि सभा क्षेत्र बराबर २६ जना महाधिवेशन प्रतिनिधि छनौट हुने छन् । यसरी आउने महाधिवेशन प्रतिनिधिहरुबीच नै केन्द्रीय नेतृत्वका लागि प्रतिष्पर्धा हुने छ ।

१४ जिल्लामा भने जिल्ला अधिवेशन नै सम्पन्न भईसकेको छ भने केही जिल्लामा वडा स्तरमै विवाद रहेको छ । क्षेत्रीय अधिवेशन सम्पन्न भएपछि मंसिर १० मा जिल्ला अधिवेशन र मंसिर १६ र १७ मा प्रदेश अधिवेशन गर्ने कार्यतालिका रहेको छ भने मंसिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशनको मिति तय गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार