बैतडीमा जन्ती सवार जीप दुर्घटना, चार जनाको घटनास्थलमै मृत्यु

बैतडीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको देहीमाण्डौबाट सिमारतर्फ गइरहेको जन्ती सवार जीप दशरथचन्द नगरपालिका ६ कलुवामोडमा दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

म१ज ३१० नम्बरको जीप सडकबाट झन्डै ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता दर्शन खड्काले जानकारी दिए । जीपमा कति जना सवार थिए भन्ने यकीन जानकारी नभएको र थप खोजी भइरहेको खड्काले बताए । रातिको समय भएकोले मृतकको संख्या थप बढ्न सक्ने बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार