पतञ्जली योगपीठको स्पष्टीकरण, ‘प्रधानमन्त्रीले टेलिभिजनको भवन उद्घाटन गर्नुभएको हो’

अनुमति लिएर मात्रै टीभी संचालन गर्ने भनाई (विज्ञप्ती)

पतञ्जली योगपीठले आस्था नेपाल र पतञ्जली टेलिभिजन च्यानल दर्ताविना सञ्चालन नगरेको स्पष्ट पारेको छ ।

भारतीय योगगुरु रामदेवको स्वामित्वमा रहेको पतञ्जली ग्रुपले नेपालमा दर्ताविना नै टीभी च्यानल सञ्चालन गर्न लागेको भन्ने आरोपबारे स्पष्ट पार्दै पतञ्जली योगपीठले टीभी प्रसारण नगरिएको र प्राविधिक तयारीको क्रममा मात्र रहेको जनाएको हो । प्रधानमन्त्रीको उपस्थितिमा टेलिभिजनको भवन मात्रै उद्घाटन गरिएको विज्ञप्तिमार्फत पलञ्जली योगपीठले जनाएको छ ।

सञ्चालक समितिको बैठकले टीभी सञ्चालनसम्बन्धी निर्णय गरी गएको असोज ८ गते कम्पनी रजिस्टारको कार्यालयबाट प्रमाणीकरण लिइएको योगपीठले जनाएको छ । सरकारको नीति, नियम र कानुनको अधिनमा रही नियमअनुसार अनुमति पाएपछि मात्र टीभी सञ्चालन हुने योगपीठले जनाएको छ ।

आफूहरू विशुद्ध सेवामूलक सामाजिक संस्था भएको दाबी गर्दै पतञ्जलीले भ्रामक सूचना प्रसार नगर्न आग्रह गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार