चितुवाको छालासहित चार जना पक्राउ

सुर्खेतबाट चितुवाको छालासहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत र कर्णाली प्रदेश प्रहरी कार्यालयको टोलीले उनीहरुलाई शनिबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अछामको पञ्चदेवल नगरपालिका–८ का ३५ वर्षीय कमल शाही, २२ वर्षीय चक्रबहादुर शाही, रामारोशन गाउँपालिका–४ का २१ वर्षीय ओपेन्द्र शाह र दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–२ का ३५ वर्षीय विमल शाही रहेका छन् ।

बराहताल गाउँपालिका–५ बड्डीचौर बजारमा रहेको प्रेम होटलमा बसिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार