कानुन व्यवसायीले मागे गृहमन्त्री खाँडको राजीनामा

न्यायिक शुद्धीकारणका लागि गरेको शान्तिपूर्ण आन्दोलन दबाउन सरकारले प्रहरी खटाएको भन्दै कानुन व्यवसायीहरुले गृहमन्त्री बालकृष्ण खाँडको राजीनामा मागेका छन् ।

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आइतबार सर्वोच्च परिसरमा धर्ना दिन गएका कानुन व्यवसायीहरुले धर्नामा प्रहरीले हस्तक्षेप गरेको भन्दै गृहमन्त्रीको राजीनामा मागेका हुन् । आइतबारको विरोध प्रदर्शनमा नेपाल बार एशोसिएसनका उपाध्यक्ष ईश्वरी भट्टराईले गृहमन्त्री राजीनामा देऊ भन्दै नारा लगाएपछि सहभागी अरुले पनि त्यही नारा लगाएका छन् ।

उनले भनिन्, ‘न्यायिक शुद्धीकरणको लडाइँमा प्रहरी खटाइनु खेदजनक छ । भ्रष्टाचारी न्यायाधीश जबरा र गृहमन्त्री खाँडले राजीनमा दिनैपर्छ ।’

२ मंसिरको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना घाइते भएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार