प्रदेश २ सरकारमा जोडियो नेकपा एकीकृत, नवनियुक्त मन्त्रीले लिए सपथ

नेकपा (एकीकृत समाजवादी) प्रदेश २ सरकारमा सहभागी भएको छ । नेकपा (एस) का दुई नेताले मन्त्रिपरिषद्मा भाग लिँदै आइतबार सपथ लिएका छन् ।

नेकपा एसको तर्फबाट उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालयको जिम्मेवारी एकीकृत समाजवादीका संसदीय दलका नेता शत्रुधन महतो र कानुन तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवारी प्रमोद यादवले पाएका छन् । नवनियुक्त दुवै मन्त्रीलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको सपथ खुवाएका छन्।

महतोलाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालय दिन मुख्यमन्त्री लालबाबु राउतले जनता समाजवादी पार्टीका मन्त्री रामनरेश रायलाई गत साता बर्खास्त गरेका थिए ।

संघमा रहेको पाँच दलीय गठबन्धन जस्तै एकीकृत समाजवादीको प्रवेशसँगै प्रदेश २ सरकारले पनि आजदेखि पूर्णता पाएको छ । कांग्रेस, माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी सरकारमा ल्याउन मुख्यमन्त्री राउतले मन्त्रालय टुक्राएर दशवटा बनाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार