तोलामा सात सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ । गत शुक्रबार प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा सात सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ७०० रुपैयाँ कायम भएको छ । त्यसैगरी, तेजावी सुन प्रतितोला ९३ हजार २०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य प्रतितोलामा १५ रुपैयाँले घटेर एक हजार २६० रुपैयाँ कायम भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार